फिल्म ‘जम्प’ मङ्सिर २९ गतेबाट रिलिज हुँदै

कात्तिक १५, काठमाडौं -चलचित्र ‘जम्प’ मङ्सिर २९ गतेबाट देशभर प्रदर्शनमा आउनेभएको छ । निर्माण टिमले पोस्टर सार्वजनिक गर्दै फिल्मबारे जानकारी गराएका हुन् । आशुतोष ध्वज कार्कीको लेखन तथा निर्देशनमा बनेको फिल्म क्रियटिभ माकुरा मिडियाको ब्यानरमा निर्माण भएको हो ।

खड्का कार्यकारी निर्माता रहेको चलचित्र ‘जम्प’ले नेपाली फिल्ममा नयाँ लहरको उत्प्रेरकको रुपमा काम गर्दै रचनात्मक कथा कथन र नवीनताको पुनर्जागरण गर्ने टिमको दृढ विश्वास छ ।

बिदेशी फिल्म फेस्टिभलमा आफ्नो दरिलो उपस्थिति जनाई सकेको फिल्ममा सरोज श्रेष्ठ,सन्देश शाक्य,बिनिता थापा मगर,मन्जिल जिसी,सगुन तामाङ,रोशनी स्याङ्ग्बो,शंकर महर्जन र प्रवल कडेलको मुख्य भूमिका रहेको छ।