केरलमा प्रार्थना सभामा बम विष्फोटः एकजनाको मृत्यु, दर्जनौँ घाइते

कात्तिक १३, एजेन्सी –  भारतको केरलको कोच्चीमा इसाई धर्मावलम्बीहरुको प्रार्थना सभामा बम विष्फोट हुँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा ५० जनाभन्दा बढी घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

स्थानीय प्रहरीका अनुसार पहिलो विष्फोट आइतबार बिहान ९ बजेतिर भएको थियो र त्यसपछि अर्को एक घन्टामा थुप्रै विष्फोट भएका थिए।

इसाई धर्मावलम्बीको प्रार्थना सभामा उक्त विष्फोट भएको हो। विष्फोट आफूले गराएको भन्दै एकजना व्यक्तिले आत्मसमर्पण गरेको प्रहरीले जनाएको छ।

अक्टोबर २७ देखि सुरु भएको तीन दिने प्रार्थना सभाको आइतबार अन्तिम दिन थियो। अधिकारीहरूका अनुसार विष्फोट भएको समयमा प्रार्थना सभामा दुई हजारभन्दा बढी मानिस थिए।