दर्शकको मन जित्दै ‘बिच्छेद’ को ‘गाजले’

काठमाडौं –  यही मंसिर ८ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘बिच्छेद’ को ‘गाजले’ बोलको गीतले कम समयमै दर्शक तथा स्रोताको मन जितेको छ । राम अविरल विष्टको शब्द तथा एसडी योगीको संगीत निर्देशनको यो गीतमा योगी र ऋतिका श्रेष्ठको स्वर रहेको छ ।

फिल्मका प्रमुख कलाकारहरू मुकुन भुसाल र लक्ष्मी बर्देवा फिचर्ड गीतमा प्रेम भाव प्रकट गरिएको छ । यसका कोरियोग्राफर सुरेन बसेल हुन् । अभिनयमा उम्दा कलाकारहरू भुसाल र बर्देवाले यसअघि ‘बुलबुल’ फिल्ममा पनि एकसाथ अभिनय गरेका थिए । उक्त फिल्मपछि लामो समय एकसाथ नदेखिएको यो जोडीले पुनः पहिचान प्राप्त गर्ने अपेक्षा गरिएको छ ।