चलचित्र ‘बिच्छेद’को टिजर सार्वजनिक

कात्तिक १, काठमाडौं – चलचित्र ‘बिच्छेद’को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा फिल्मका मुख्य अभिनेता (अभिनेत्री मुकुन भुषाल र लक्ष्मी बर्देवालाई देखाइएको छ ।

सत्यराज चौलागाईंको निर्देशन रहेको फिल्मको निर्मातामा राज कुमार पण्डित, दिमेश श्रेष्ठ, सुवास राई र सावित्री बज्राचार्य छन् । सह(निर्मातामा प्रविन राजथला रहेका छन् । फिल्ममा अभिनेता भुषाल स्वयंको कथा लेखन छ भने निर्देशक चौलागाईँले पटकथा लेखेका हुन् ।

आगामी मंसिर ८ गतेबाट प्रदर्शनमा आउने फिल्ममा मुकुन र लक्ष्मीका अलावा ‘बिच्छेद’मा सुष्मा निरौला, प्रिया रिजाल, लय सङ्ग्रौला, हिउँवाला गौतम, सरिता राजोपाध्याय, लक्ष्मीनाथ तिमिल्सिना, जीवन थापा, जयराम सापकोटा आदिको पनि अभिनय रहेको छ ।