काभा पुरुष भलिबल च्यालेन्ज नेपाल उज्वेकिस्तानसँग पराजित

असोज २८, काठमाडौं -काभा पुरुष भलिबल च्यालेन्ज कपमा नेपालले उज्वेकिस्तानसँग सोझो सेटको हार ब्यहोरेको छ ।

शनिबार कोलम्बोको सुगथदसा इन्डोर हलमा लिग चरणको अन्तिम खेलमा नेपालले उज्वेकिस्तानसँग ३–० को सोझो सेटमा हार ब्यहोरेको हो ।

पहिलो सेट २५–२२ ले गुमाएको नेपालले दोस्रो सेट २५–२० र तेस्रो सेट २६–२४ ले गुमाएको थियो ।