राजेश र समिक्षाको दशै गीत सार्वजनिक

असोज २८, काठमाडौं – हिन्दुहरुको महान चाड विजया दशमी नजिकदै गर्दा दशैँ गीत सार्वजनिक गरिएको छ ।

ञपिपल डाँडैमाझ बोलको गीतमा गायक राजेश पायल राई र गायिका समिक्षा अधिकारीको स्वरमा रहेको छ भने दाहाल सन्तोषको शब्द रचना र संगीत बिशाल निरौलाको रहेको छ।

कृष्ण पौडेलको निर्देशनमा बनेको भिडियोमा अभिनेता आर्यन सिग्देल र अस्मि थापा फिचर्ड छन्। भिडियोका निर्माता कृष्ण घिमिरे हुन्।

सुरेश काफ्लेले छायांकन गरेको भिडियोको सम्पादन मिन रावलले गरेका हुन्। भिडियो साइराम पिक्चर्सको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।