भरतपुर क्यान्सर अस्पतालमा मुटुरोग विशेषज्ञको सेवा

असोज २४, भरतपुर – वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा अब मुटुरोग सम्बन्धी समस्याको पनि उपचार हुने भएको छ । अस्पतालले सोमबार एक सूचना जारी गर्दै आज ९मङ्गलवार०बाट मुटुरोग विशेषज्ञको सेवा सुरु हुने जनाएको हो ।

यससँगै अब क्यान्सरको उपचार गर्न आउने बिरामीलाई मुटु सम्बन्धी समस्या देखिए अन्यत्र रिफर गर्नुपर्ने बाध्यताको अन्त्य हुने भएको छ । अस्पतालले मंगलबारदेखि यो सेवा सुरु गरेको छ ।

दिउँसो ४ः३० बजेदेखि ६ बजेसम्म मुटुरोग विशेषज्ञबाट कार्डियोलोजी र ईकोकार्डियोग्राम सम्बन्धी सेवा लिन सकिने अस्पतालका उपनिर्देशक डा।उमेश नेपालले बताए ।