फिल्म ‘महाजात्रा’को अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री

असोज २२, काठमाडौं –  फिल्म ‘महाजात्रा’को अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार प्रि(प्रोडक्सन अर्थात् छायांकन हुनुभन्दा अगावै बिक्री भएको छ । दुई करोडमा फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार एमएसएम इन्टरटेन्मेन्टका वितरक छत्र थापाले भारतबाहेक फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार खरिद गरेका हुन् ।

वितरक थापाले जापान, हङ्गकङ्ग, न्युजिल्यान्ड, दक्षिण कोरिया, मध्यपूर्वका देशहरू, अष्ट्रेलिया, युरोपमा नेपालकै मिति अर्थात् चैत ९ गतेबाट फिल्म प्रदर्शन हुने जानकारी दिए ।प्रदीप भट्टराईको निर्देशनमा बन्न लागेको यस फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्र सिंह बानियाँ, वर्षा राउत, रविन्द्र झा, अरविन खड्कालगायतको मुख्य भूमिका रहनेछ ।

कलाकार बानियाँ कार्यकारी निर्माता रहेको फिल्मको निर्मातामा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल छन् । फिल्मको कथा निर्देशक भट्टराईको नै हो ।