ओलम्पियन विष्ट टर्की प्रस्थान

भदौ २९, काठमाडौ – नेपाल ओलम्पियन सङ्घका अध्यक्ष दीपक विष्ट टर्कीको इस्तानबुल प्रस्थान गरेका छन । विश्व ओलम्पियन सङ्घको आयोजनामा इस्तानबुलमा आजदेखि सुरु हुने दुईदिने विश्व ओलम्पियन सम्मेलनमा सहभागी हुन उहाँ गए राति त्यसतर्फ प्रस्थान गरेका हुन ।

उक्त सम्मेलनमा विश्वभरबाट एक सय ५० भन्दा बढी ओलम्पियन सहभागी हुने बताइएको छ । नेपाल ओलम्पियन सङ्घले विगत दुई वर्षमा गरेका गतिविधि उक्त सम्मेलनमा प्रस्तुत गर्नेछन । एसियाली ओलम्पियनको भेला नेपालमा आयोजना गर्ने प्रस्ताव उक्त सम्मेलनमा पेस गर्ने ओलम्पियन विष्टले बताए ।

ओलम्पियन विष्टलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, महासचिव निलेन्द्रराज श्रेष्ठ, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका अध्यक्ष दीपक श्रेष्ठ, ओलम्पियन सङ्घका महासचिव राजेन्द्र भण्डारीलगायतले बिहीबार बिदाइ गरे ।
–––