राधिकाको ‘माइती देशको घाउ’ गीत सार्वजनिक

भदौं ८, काठमाडौं – गीतकार राधिका अधिकारीको शब्द रहेको नयाँ गीत ‘माइती देशको घाउ’ सार्वजनिक भएको छ ।

दीपक शर्माको संगीत र काव्य आचार्य र मिना नेपालीको स्वर रहेको गीतमा संगीत संयोजन राजेन्द्र बजागाईंको छ । गीतको भिडियोमा पसान घर्तीको अभिनय छ ।

पवन रानाभाटको निर्देशन राज पोखरेलको छायांकन रहेको भिडियो टेकेन्द्र शाहले सम्पादन गरेका हुन् ।