गायनमा सिम्रनको चर्चा

भदौं ७, गलकोट  -गीतसङ्गीत क्षेत्रमा हालैमात्र एकाएक चर्चामा आएको नाम हो सिम्रन परियार । १८ वर्षीया गायिका परियारले एक हप्तामै १४ गीत मात्रै रेकर्ड गराइनन्, अधिकांश गीतले चर्चा कमाएको छ ।

मुटुमै घाउ छ’, ‘ए साइँला परेली भित्र’, ‘पानी परेको’ गीत चर्चामा छन् । विद्यामन्दिर माध्यमिक विद्यालयमा कक्षा १२ मा विज्ञान विषयमा अध्ययनरत बागलुङ नगरपालिका–६ तिनतलेकी परियारको स्वरले यतिबेला सबैको ध्यान तानेको छ ।

“गायनसँगै पढाइलाई निरन्तरता काठमाडौँबाट बागलुङ फर्केकी छु”, परियारले भन्नुभयो, “विद्यालय र बागलुङ नगरपालिकाको सम्मानले थप उत्साहित भएकी छु, पढाइसँगै गायन क्षेत्रलाई अगाडि बढाउने उद्देश्य छ ।”

कक्षा पाँच पढ्दादेखि नै गीत गाउन सुरु गरेको परियार बताउछिन् । “विभिन्न सर्जकले गीत आउने अवसर दिन थाल्नुभएको छ”, उनले भने। परियारले भोजराज थापाको सहयोगमा गीत रेकर्ड गर्न सफल भएको बताउछिन् ।

केही दिनअघिसम्म गाउँघरमै सीमित उहाँको पहिलो गीत नै चर्चामा छ । गायक प्रमोद खरेलसितको स्वरको ‘उसलाई पाउन २’ को गीत शुक्रबार मात्र सार्वजनिक भएको थियो ।

सामाजिक सञ्जालमार्फत प्रतिभा बाहिर ल्याएर चर्चामा रहनुभएकी गायिका परियारलाई गृह नगर बागलुङ नगरपालिकाले हालै रु ३० हजार नगदसहित सम्मान गरेको छ । उहाँ पहिलोपटक स्टेज शो कार्यक्रमसमेत गर्न सफल भएको छ। यही भदौ ५ गते दोस्रो हरेलो मेलामा परियारले आफ्नो गीत प्रस्तुत गरेकी छन् ।उनको स्वरलाई धेरै श्रोताले रुचाएका छन् । परियारका केही गीत सार्वजनिक हुन बाँकी छन् ।

परियारले ‘फूलथुङे रानी।’, ‘नाता टुट्यो पराइ भइगयो’, ‘तिम्रो नै माया लाग्दछ साइँला’, ‘फोटो फिरेममा।।।’, ‘फूलमया।।।’, ‘तीनपाते’, ‘आफ्नो आफ्नो दुःख’, ‘तिमीबिना कसले बुझ्छ र’ बोलका गीत गाएकी छन् । “मलाई गीत गाउने पहिलो अवसर गायक सुनिल बिसीले दिनुभएको थिए”, उनले भनिन्। गायक प्रमोद खरेलको गीत आफुलाई औधी मनपर्ने परियारको भनाइ छ । “खरेलसँगै गीत गाउने अवसर पाउँदा खुसी लागेको छ”, उनले भने। खरेलले साङ्गीतिक शिक्षा लिन आग्रह गर्नुभएको परियारले सुनाए गायनलाई निरन्तरता दिन प्रधानाध्यापक छविरमण रेग्मीले समेत परियारलाई सुझाव दिएका छन् ।