महिला टी(ट्वान्टी आई सिरिज आज नेपाल र कुवेत भिड्दै

भदौं ६, काठमाडौं – मलेसियामा जारी चार देश सम्मिलित महिला टी(ट्वान्टी आई सिरिजमा नेपालले आज बुधबार कुवेतसँग खेल्दैछ ।

दुई देशबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने १२ मा मलेसियाको बायोमास ओभलमा सुरु हुनेछ ।

आइसीसी महिला टी(ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट अघि नेपाल, मलेसिया, हङकङ र कुवेतले चार देश सम्मिलित सिरिज खेलिरहेको छ ।

सिरिजको लिग चरणको तेस्रो तथा अन्तिम खेलमा नेपालले शुक्रबार आयोजक मलेसियासँग खेल्नेछ ।