चलचित्र ‘उपहार’मा समिक्षाको स्वर

साउन २८, काठमाडौं  -नायीका रेखा थापाले, निर्माणाधिन चलचित्र ‘उपहार’को गीत गायीका समिक्षा अधिकारीलाई उपहार स्वरुप दिएकी छिन् ।

भदौ ७ गतेबाट सुटिङमा जान लागेको रेखाको चलचित्र उपहारका लागि अर्जुन पोखरेलको संगीत र मुक्त उदासको शब्दमा रहेको गीत गायीका अधिकारीको आवाजमा रेकर्ड भएको हो ।

गीत रेकर्ड गराएपछि नायीका थापाले, आँफूले आफ्नो प्रतिवद्धता अनुसार नै प्रतिभावान गायीका अधिकारीको स्वर आफ्नो चलचित्रमा समेटेको बताइन् ।

उनले भनिन् ‘उनी साँच्चै प्रतिभावान छिन् । यस्तो प्रतिभालाई जोगाउनु हाम्रो सामाजिक दायित्व समेत हो भन्ने लागेर मैले पहिल्यै वचन दिएकी थिएँ । आज त्यो वचन पुरा गरेकी छु ।’

उनले यसअघि समिक्षाबारे कसैले बोल्ने आँट नगरेको बेला समेत सामाजिक संजालमार्फत हिम्मतका साथ अघि बढ्न भन्दै आफूहरु सदैव नावालिकाहरुको साथमा रहेको बताएकी थिइन् ।

गायीका अधिकारीले रेखा थापाको चलचित्रका गीत गाउन पाउँदा धेरै खुसी लागेको बताइन् । थोरै मात्रै चलचित्रमा स्वर दिएकी उनले भनिन् ‘रेखा दिदीसंग काम गर्न पाउँदा खुसी लागेको छ । उहाँले मलाई कठिन परिस्थितिमा रहदाँ हौसला प्रदान गर्नु भएको छ । म उहाँको हिम्मत र आँटबाट प्रभावित छु । उहाँले दिएको यो अवसरले मलाई धेरै ढाडस मिलेको छ । यो मेरो लागि धेरै खुसीको कुरा हो । ’

चलचित्र ‘उपहार’ का लागि गीत रेर्कडिङ संगसंगै अहिले छायांकन स्थल छनोटलगायतका काम भइरहेको निर्देशक ज्ञानेन्द्र देउजाले जानकारी दिए ।
यसअघि देउजा निर्देशित चलचित्र झिंगेदाउमा मुक्त उदासले लेखेको आगो विना विडी जल्दैन् बोलको गीत चर्चित बनेको थियो ।