आर्सनललाई कम्युनिटी शिल्डको उपाधि

साउन २२, काठमाडौं लण्डन क्लब आर्सनलले कम्युनिटी शिल्डको उपाधि जितेको छ ।

आईतबार राति म्यानचेस्टर सिटीलाई टाइब्रेकरमा ४–१ ले हराउँदै आर्सनलले सिजनको पहिलो उपाधि जितेको हो ।

जित सहित आर्सनलले यस सिजनको प्रिमियर लिगको उपाधिमा बलियो दाबी पेश गरेको छ ।