कुन्साङ्ग संग रोमान्टिक पूजा

असार २७, काठमाडौं  -अभिनेता कुन्साङ्ग बम्जन र अभिनेत्री पूजा शर्मको मुख्य भुमिका रहेको फिल्म ञदान्भीझ को यतीबेला तिब्र गतिका साथ छायांकन भैरहेको छ । काठमाडौँको छायांकन सेड्युल सकाएर दर्जिलिङ्ग छायांकनको लागी प्रस्थान गर्ने तयारी गरिरहेका निर्माण टिमले शूटिङका केही तस्विरहरु सार्वजनिक गरेका छन् ।

सार्वजनिक गरिएका तस्विरहरु फिल्ममा समावेश ‘तिमीलाई दिने मायाको खानी’ शूटिङका तस्विर हुन् । तस्वीरमा फिल्मका मुख्य २ कलाकारहरु नायिका पूजा शर्मा र नायक कुन्साङ बोमजमलाई फिचरिङ गरिएको छ । सार्वजनिक तस्वीरमा पूजा र कुन्साङ रोमान्टिक देखिएका छन् ।नायक कुन्साङ र नायिका पूजाले पहिलो सोहि फिल्मबाट पटक एकसाथ पर्दा शेयर गर्न लागेका हुन् ।

रुपेश तामाङको निर्देशनमा बनिरहेको यो फिल्ममा रविना थापा मगरको कथा छ ।हरि बहादुर घलेको छायांकन रहेको यो गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी छ ।