फिल्म कोतपर्व मा सौगात अनुबन्धित

 

असार २४, काठमाडौं  – अभिनेता सौगात मल्ल नयाँ फिल्ममा अनुबन्धित भएका छन् । कोतपर्व नामक फिल्ममा सौगात अनुबन्धित भएका हुन् । रिमेश अधिकारीको निर्देशनमा निर्माण हुने फिल्मलाई रिमेश अधिकारी फिल्म्स प्रोडक्सन र श्रीत फिल्म्स एण्ड इन्टरटेनमेन्टको संयुक्त ब्यानरमा निर्माण गर्न लागिएको हो ।

फिल्मको पोस्ट प्रोडक्सनको सम्पूर्ण काम मुम्बईको स्टुडियोमा गरिने छ । सौगातले हात्तीछापको छायांकन सकिएसँगै उनी १० केजी तौल बढाएर ‘अगस्त्य’को दोस्रो चरणको छायांकन सुरु गर्नेछन्द्रबाट रामबाबु गुरुङको निर्देशनमा निर्माण हुने फिल्म ‘डिग्री माइला’को छायांकन सौगात जोडिनेछन् ।उक्त फिल्महरुको काम सकिएलागतै उनि यस् फिल्मको तयारीमा रहने छन् ।

कोतपर्व’ छायांकनका लागि उनले आगामी चैतको समय दिएका छन् । नेपाललाई १०४ वर्षे जहानियाँ निरंकुश राणा शासनमा धकेलेको कोतपर्व नेपालको इतिहासकै दोश्रो ठूलो हत्याकाण्ड०मा आधारित भएर फिल्म निर्माण हुन लागेको हो ।