सन्दिप र सहिमाको ‘पान पाते ओठ’ रिलिज

जेठ २४, काठमाडौ  – गायक सन्दीप न्यौपाने र गायिका सहिमा श्रेष्ठको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ ।

‘पान पाते ओठ’ बोलको गीतमा गीतमा शेर साउदको शब्द र संगीत तथा एचबीएन किस्मतको एरेन्ज, मिक्सिङ र मास्टरिङ छ ।

भिडोयोलाई शेर साउदले निर्देशन गरेका हुन् । भिडियोमा नवराज उप्रेतीको छायांकन, नविन उप्रेतीको सम्पादन, मनोज कार्कीको जीएफएक्स र कलर छ ।

भिडियोमा सन्दीप न्यौपाने, निक्स शर्मा, बद्रीप्रसाद तिवारी, शेर साउद र भावना गुरुङ फिचर्ड छन् ।