राष्ट्रियसभा बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने

जेठ २४, काठमाडौं  – सङ्घीय संसद् अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दैछ ।

बिहान ११ बजेर ११ मिनेटमा बस्ने राष्ट्रियसभा बैठकलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यसूची छ ।

साथै बैठकमा आगामी आर्थिक वर्ष २०८० ०८१ का लागि प्रस्तुत गरेको बजेटमाथि सदस्यहरूले आफ्ना धारणा राख्ने कार्यक्रम रहेको छ ।