फिल्म ‘वेलकम टु हेम्जाकोटको ट्रेलर सार्वजनिक (भिडियो)

जेठ १०, काठमाडौं  – फिल्म ‘वेलकम टु हेम्जाकोट’को ट्रेलर सार्वजनिक गरिएको छ । जेठ २६ मा रिलिज हुने फिल्म ट्रेलर गत शुक्रवार रिलिज गरिएको हो। ग्रामीण जीवन, वैदेशिक रोजगारी, वेरोजगारीले निम्त्याउने समस्या, अन्तरजातिय प्रेममा आउने उतार चढावलाई रोचक ढंगले ट्रेलरमा प्रस्तुत गरिएको छ ।

सरोज पौडेलको लेखन तथा निर्देशनमा बनेको फिल्म क्लोजअप सिने प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको हो ।

तेज प्रसाद दाहाल, जितेन्द्र गिरी, बाबुराम कार्की, सुमन खड्का फिल्मको निर्माता हुन् ।मिलन श्रेष्ठको एक्सन, मित्र गुरुङको सम्पादन, दिर्घ गुरुङको डीओपी, कविराज गहतराज र गम्भिर विष्टको कोरियोग्राफी, शास्वत श्रेष्ठको व्याकग्राउन्ड म्यूजिक, इन्दिरा जोशी, शान्तिश्री परियार, अस्मिता अधिकारी, राज सागर, राजन इशानको गीतमा स्वर फिल्ममा रहेको छ ।

फिल्ममा बुद्धि तामाङ, विनोद न्यौपाने, दिनेश खड्का, सन्दिप सिग्देल, अम्बिका तामाङ, सुजाइरा कार्की, विशाल पहारी, रवि गिरी, लक्ष्मीनाथ तिमल्सीना, रश्मी भट्ट, अस्मिता पन्त, शारदा गिरी, बलदिव राई, स्व।जयनन्द लामालगायतको अभिनय छ ।