छात्रवृत्ति दिएका विद्यार्थीको विवरण पठाउन संस्थागत विद्यालयलाई महानगरको निर्देशन

बैशाख १०, काठमाडौं – काठमाडौँ महानगरपालिकाले पालिकाभित्र सञ्चालित संस्थागत विद्यालयलाई जेठ १६ गतेभित्र छात्रवृत्तिको विवरण पठाउन निर्देशन दिएको छ।

महानगरको विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ५८ बमोजिम संस्थागत विद्यालयले १० प्रतिशत विद्यार्थीलाई उपलब्ध गराउने छात्रवृत्ति जेठ १५ गतेभित्र वितरण गरी जेठ १६ गते कार्यालय समयभित्र महानगरलाई जानकारी गराउन निर्देशन दिएको हो।

साथै महानगरले नियमावलीको नियम ५९ बमोजिम छात्रवृत्ति पाउने विद्यार्थीको नामावली विद्यालयको वेबसाइटमा प्रकाशन गर्न समेत आग्रह गरेको छ।