‘बाटो रोड टु डेथ’को अङ्ग्रेजी ट्रेलर रिलिज (भिडियो)

जेठ ९, काठमाडौं  – चलचित्र ‘बाटो रोड टु डेथ’को अङ्ग्रेजी ट्रेलर सार्वजनिक भएको छ । काठमाडौँ फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मलाई नेपालीसँगै अंग्रेजी, तमिल र हिन्दी भाषामा बनाइएको छ ।फिल्मका लेखक तथा निर्देशक मदन थापा हुन् भने शरण ऋषिले छायांकन गरेका हुन् ।

फिल्ममा मिथिला शर्मा, अशान्त शर्मा, पशुपति राई, रक्षा थापा, सुलक्क्षण भारती, उत्पल झा, विजय ताम्राकार, आभाष अधिकारी, गणेश उपाध्याय, किरण शाहीलगायतको अभिनय छ । फिल्मका निर्माता चन्दन झा हुन् ।