एनएससी–काभा प्रतियोगिता – नेपाल र बंगलादेश भिड्दै

जेठ ९, एजेन्सी  – एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताको दोस्रो खेलमा नेपालले आज  बंगलादेशको सामना गर्दैछ ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा नेपालले बंगलादेशको सामना गर्नेछ । नेपाल र बंगलादेशबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

पहिलो खेलमा नेपालले सोमबार किर्गिस्तानलाई ३ ० को सोझो सेटमा हराएको थियोप्रतियोगिता अन्तर्गत मंगलबार भारत र किर्गिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।

यस्तै श्रीलंका र काजकिस्तान तथा उज्वेकिस्तान र माल्दिभ्सबीच समेत प्रतिस्पर्धा हुनेछ ।

राखेपको विशेष सहयोग तथा नेपाल भलिबल संघको आयोजनामा जारी प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको छ।