काभा महिला भलिबल च्यालेन्ज कप – नेपालले किर्गिस्तानसँग खेल्दै

जेठ ८, काठमाडौं-  एनएससी काभा महिला भलिबल च्यालेन्ज कप आज सोमवारदेखि नेपालमा सुरु हुँदैछ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को विशेष सहयोग तथा नेपाल भलिबल सङ्घको आयोजनामा हुन लागेको प्रतियोगितामा मध्य एसिया आठ वटा देशले प्रतिस्पर्धा गर्दैछन् ।

आयोजक नेपालले उद्घाटन खेलमा आज सोमवार किर्गिस्तानसँग खेल्दैछ । खेल त्रिपुरेश्वरमा रहेको राखेपको कभर्ड हलमा दिउँसो साढे ४ बजे हुने छ ।

यस्तै अहिले बिहान साढे ९ बजे उज्वेकिस्तान र श्रीलङ्का खेल्दै छन् । बङ्गलादेश र भारतको खेल दिउँसो १२ बजे हुनेछ भने माल्दिभ्स र काजकिस्तानबीचको खेल बेलुका ७ बजे हुनेछ ।

प्रतियोगितामा नेपालले भोलि मङ्गलवार बङ्गलादेशसँग र पर्सि बुधवार १० गते भारतसँग खेल्नेछ । राउन्ड रोबिन लिगपछि शीर्ष २ टोलीले सेमिफाइनलमा पुग्ने छन् । प्रतियोगिता आउँदो १४ गतेसम्म चल्ने छ ।

प्रतियोगितामा सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ुएु मा घरेलु टोली नेपालसहित भारत, बङ्गलादेश र किर्गिस्तान छन् । त्यस्तै समूह ुबीु मा श्रीलङ्का, माल्दिभ्स, काजगिस्तान र उज्वेकिस्तान रहेका छन् । नेपालले यसअघि पुरुषतर्फको सेन्ट्रल एसियन जोन भलिबल च्याम्पियनशिपको आयोजना गरेको थियो ।