पल अभिनित आँशु बनि नखस कैले नि रिलिज (भिडियो)

जेठ ८, काठमाडौं – अभिनेता पल शाह अभिनित नयाँ म्युजिक भिडियो आँशु बनि नखस कैले नि रिलिज गरिएको छ । केन्द्र मोसनस को प्रस्तुति रहेको गीतमा ऋषि खड्का र अनु चौधरीको आवाज सुन्न सकिन्छ । ऋषि खड्काको शब्द,संगीत रहेको गीतमा केशव बाडुले एरेन्ज गरेका छन् ।

शान थापाले भिडियोको निर्देशन गरेका हुन् । पललाई भिडियोमा सनिशा भट्टराईले साथ दिएकी छ्न् । अर्जुन तिवारीको छाँयाकन रहेको भिडियोलाई सुप्रीम पराजुलीले सम्पादन तथा रंग संयोजन गरेका छन् ।