जाली पर्देसीमा नवराजसंगै उषा र गरिमाको अभिनय

बैशाख १९, काठमाडौं – गायक अलिफ खान र गायिका रचना रिमालको आवाजमा समावेश गीत जाली पर्देशी रिलिज गरिएको छ ।

लामो समय देखी अस्ट्रेलिया बस्दै आएका नेपाली मूलका नवराज न्यौपानेको शब्दमा तयार भएको गीतमा राजेन्द्र बजगाईँको एरेन्ज साथै सङ्गीत रहेको छ ।

सार्वजनिक भिडियोमा अहिलेका चर्चित गरीमा शर्मा र उषा उप्रेती फिचर्ड छन् ।

साथै यी दुई सँगै गीतका रचनाकार नवराजले पनि नृत्य गरेका छन् ।  भिडियोमा केशव राज भट्टको कोरीयोग्राफी र निर्देशन देख्न सकिन्छ ।