कार्यवाहक राष्ट्रपतिसँग सभामुख र राष्ट्रियसभा अध्यक्षको भेट

वैशाख १७, काठमाडौ- कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रतिनिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शिष्टाचार भेट गरेका छन ।

लैनचौरस्थित उपराष्ट्रपति कार्यालयमा आज भएको सो भेटमा उनीहरुबीच समसामयिक विषयमा विचारविमर्श भएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ ।