अहिलेको जनादेश हाम्रो पक्षमा आउने छाँटकाँट छैन्

बैशाख १२, काठमाडौं – बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनमा नेकपा एमालेबाट उम्मेदवारी दिएका पुरुषोत्तम पौडेलले निर्वाचनको प्रारम्भिक परिणामले उत्साही नबनाएको बताएका छन् । उनले मतगणना चलिरहेको अवस्थामा अहिलेको जनादेश आफ्नो पक्षमा आउने छाँटकाँट नदेखिएको स्पष्ट पारेका छन् ।

सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, वारा जिल्ला क्षेत्र नम्बर २ को उप निर्वाचनमा पार्टीको तर्फवाट उम्मेदवार भएर क्षेत्रभरीका आदरणीय जनसमुदायसँग मत मागियो । नेकपा (एमाले) को तर्फबाट सफल निर्वाचन प्रचार अभियान संचालन गरियो ।
ठूलो सङ्ख्यामा मतदाताहरूसँग भेटघाट गरियो । पार्टीका श्रद्धेयअध्यक्ष स्वयंले प्रचार कार्यक्रममा सहभागिता जनाए। निर्वाचन जित्ने सम्भावना र आधार तयार गरियो । फेरिपनि निर्वाचनको प्रारम्भिक परिणामले हामीलाई उत्साही वनाएको छैन ।

हामीलाई अझ मेहनत गर्न भनिरहेको अवस्था छ । अहिलेको जनादेश हाम्रो पक्षमा आउने छाँटकाँट छैन। यो उप(निर्वाचनमा जे(जस्तो परिणाम आएपनि जनादेश भनेको जनादेश नै हो । हामी लोकतान्त्रिकविधिबाट आएको जनादेशलाई स्वीकार गर्दछौँु उनले क्षेत्रका सवै मतदाता तथा सहयोगीहरु समेत धन्यवाद व्यक्त गरेका छन् ।