तनहुँ क्षेत्र नम्बर १ मा स्वर्णिम वाग्ले फराकिलो मतान्तरले विजयी

बैशाख १२, तनहुँ – उपनिर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार डा स्वर्णिम वाग्ले भारी मतले विजयी भएका छन् ।

वाग्लेले निकटतम् प्रतिस्पर्धी नेपाली काँग्रेसका गोविन्द भट्टराईलाई १४ हजार ७ सयभन्दा बढी मतले पछि पार्दै विजयी भएका हुन् ।

वाग्लेले ३४ हजार ९१८ पाउँदा भट्टराईले २० हजार १२२ मत पाएका छन् ।

वाग्लेले भट्टराईभन्दा १४ हजार ७९६ मत बढी ल्याएका छन् । नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाल ८ हजार ४८८ मत पाउँदै तेस्रो भए ।