नेपाल युरोपियन युनियन फिल्म फेस्टिभलको ब्राण्ड एम्बेस्डरमा मिरुना नियुक्त

 

बैशाख ११, काठमाडौं –  नायिका मिरुना मगर नेपाल युरोपियन युनियन फिल्म फेस्टिभलको ब्राण्ड एम्बेस्डरमा नियुक्त भएकी छिन् । नेपालस्थित युरोपियन युनियनको कार्यालयले यसबारे जानकारी दिंदै मिरुनालाई दूत नियुक्त गरेको जनाएको छ ।

साथै,यसपटक तीन ठाउँमा फेस्टिभल आयोजना हुँदैछ । २८ देखि ३० अप्रिलसम्म सुदूरपश्चिम विश्वविद्यालय महेन्द्रनगर, मे ३ देखि ५ सम्म सुर्खेतस्थित मध्यपश्चिम विश्वविद्यालय र मे १२ देखि १५ सम्म काठमाडौंस्थित चलचित्र विकास बोर्डको हलमा फेस्टिभल आयोजना हुनेछ ।

यस वर्षको संस्करणमा आठ युरोपेली र आठ नेपाली छोटा फिल्म देखाइने जनाइएको छ ।