निलमले जितिन् द पोयट आइडलको उपाधि

बैशाख १०, काठमाडौं  – रियालिटी शो ‘द पोयट आइडल’को उपाधि निलम गुरुङले जितेकी छन् ।

अन्य तीन प्रतिस्पर्धीलाई पछि पार्दै निलमले शुक्रबार भएको फिनालेमा ‘द पोयट आइडल’को उपाधि हात पारेकी हुन् । शोमा सहभागी जनाएका पल्लविव, नाथन रायान र मिल्सन राई फाइनलिष्ट थिए ।

उपाधीसँगै उनले १० लाख प्राप्त गरिन् ।शोमा विप्लव प्रतीक, उपेन्द्र सुब्बा, अनुप बराल र सुरक्षा पन्त निर्णायकको भूमिकामा थिए ।

अमन प्रताप अधिकारीले शोको निर्देशन गरेका हुन् ।