रियलको सहज जित

बैशाख १०, एजेन्सी –  स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले सहज जित निकालेको छ ।

शनिबार राति भएको खेलमा रियलले सेल्टा भिगोलाई २ ० गोल अन्तरले हराएको छ ।

रियलको जितमा मार्को एसेन्सियो र इडर मिलिटाओले एक एक गोल गरे । खेलको ४२ औं मिनेटमा एसेन्सियोले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ४८ औं मिनेटमा मिलिटाओले गोल गर्दै रियललाई २ ० को जित पक्का गरे ।

जितसँगै रियलले ३० खेलमा ६५ अंक जोडेको छ । रियल दोस्रो स्थानमा रहेको छ ।

सेल्टा ३६ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।