बैशाख ८, काठमाडौं – राजधानीमा जारी एसीयन क्रिकेट काउन्सिल (एसीसी) प्रिमियर कपमा ओमानविरुद्ध नेपालले टस हारेको छ । टियु मैदानमा भएको टस ओमानले जितेको हो । ओमानले बलिङ रोजे पछि नेपालले पहिले ब्याटिङ गर्दैछ ।

समान दुई अंक रहे पनि रनरेटका आधारमा समूह एु मा नेपाल शीर्ष स्थान र ओमान तेस्रो स्थानमा रहेको छ । फाइनल बाहेकका हरेक दिन दुवै मैदानमा समान ११ खेल हुनेछ ।

वैशाख १८ गते सम्म संचालन हुने प्रतियोगिताका खेलहरु कीर्तिपुरस्थित टियु मैदान मुलपानीमा रहेको क्रिकेट मैदानमा खेल संचालन हुनेछ ।

कुल २४ खेल हुने प्रतियोगिताको फाइनल खेल वैशाख १८ गते टियु मैदानमा आयोजना हुनेछ । यस प्रतियोगितामा १० राष्ट्रको सहभागीता रहेको छ । सहभागी १० राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ ।