चलचित्र गणपति को गाढा भैदियो बोलको गीत सार्वजनिक

बैशाख ८, काठमाडौं  -चलचित्र गणपति को गाढा भैदियो गीत सार्वजनिक भएको छ ।

गाढा भैदियो बोलको गीतमा अनिश अधिकारी र बेनिशा पौडेलको स्वर छ भने शब्द र संगीत निर्देशक सविन अधिकारीको रहेको छ । गीतको भिडियोमा फिल्मका मुख्य पात्रहरु मुकुन भुषाल र मेनुका प्रधानलाई देखाइएको छ।

एबिगम्यान फिल्मसको ब्यानरमा लक्ष्मण थापाले निर्माण गरेको यस फिल्ममा हरिबहादुर घलेको छायांकन रहेको छ ।

फिल्ममा मुकुन र मेनुकाको साथमा कविता न्यौपाने, सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, टीका भक्त जिरेल, देवेन्द्र बब्लु, शुशील पोखरेल लगायतको अभिनय रहेको छ ।