बाबुल गिरीको‘के भनौं र खै’ सार्वजनिक

 

चैत २२, काठमाडौं – काठमाडौं– पछिल्लो समय अत्यन्त सफल रहेको छक्का पञ्चा ४ फिल्मको ‘सिरुपाती जुँगामा’ गीतका गायक तथा संगीतकार बाबुल गिरीको नयाँ गीत सार्वजनिक भएको छ ।

गायक पुष्पन प्रधान तथा गायिका रचना रिमालको स्वरको ‘के भनौं र खै’ गीतमा बाबुल गिरीको शब्द तथा संगीत सुन्न सकिन्छ ।

रोमान्टिक शैलीको यो गीतको भिडियो माइकल चन्दले निर्देशन गरेका हुन् । भिडियोमा माइकलले दुई जोडीको प्रेमकथा प्रस्तुत गरेका छन् । नरेन्द्र शाहद्वारा निर्मित भिडियोमा उषा उप्रेती, रमेश विश्वकर्मा, विना राउत र सरोज राजा प्रजाको अभिनय छ ।

उत्सव दाहालको छायांकन रहेको भिडियोमा शिलन लम्सालको सम्पादन छ ।