उपाधिका लागि नेपाल र लाओस भिड्दै

चैत १७, काठमाडौं – प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलको फाइनल खेल आज शुक्रबार हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने फाइनलमा आयोजक नेपाल र लाओस भिड्दै छन् । फाइनल खेल साँझ ५स्३० बजे सुरु हुनेछ ।

घरेलु समर्थकको साथ पाउने नेपाल आफु भन्दा तल्लो वरीयताको लाओसलाई हराएर उपाधि उचाल्न चाहन्छ ।

प्रतियोगिताको पहिलो खेलमा नेपालले लाओसलाई २ ० ले हराएको थियो । नेपाल त्यहिँ नतिजालाई कायम राख्न चाहन्छ । लाओस भने पहिलो खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ ।

प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर, दोस्रोले ३ हजार डलर पाउने छन्। प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर पाउने छन् ।