चलचित्र (बुलाकी) को ट्रेलर सार्वजनिक

 

चैत १७, काठमाडौं  – चलचित्र ‘बुलाकी’ को ट्रेलर सार्वजनिक गरीएको छ । नयाँ बर्षको १ गते रिलिज हुने फिल्मको ट्रेलर युट्युब च्यानल म्युजिक डट् कम् बाट रिलिज गरीएको हो । जारी प्रथा माथि बनेको फिल्मलाई लक्ष्मण सुनार निर्देशन गरेका हुन् िमोती विष्टको प्रस्तुति र गोपाल विष्ट निर्माता रहेको फिल्मको कथा निर्देशक सुनार स्वयंले लेखेका हुन् ।

सौगात कँडेल सह(निर्माता फिल्मलाई शिव ढकालले खिचेका हुन् िफिल्ममा नायिका सुरक्षा पन्त, नरेन खड्का, रमेश बुढाथोकी, सुशील पोखरेल, लक्ष्मी गिरी, कुल दीप अधिकारी, झलनाथ खत्री, उपासना वाइवा, सोनु सेढाइ, धनबहादुर राई, कमल गाउँलेको पनि अभिनय रहेको छ । फिल्मको सम्पूर्ण दृश्य डोल्पामै खिचिएको हो ।