‘ मुलुक सुधारको सुरुवात नीजि जीवनबाट हुन्छ’ एमाले अध्यक्ष ओली

 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नीजि जीवन सुधारबाटै मुलुक सुधारको सुरुवात हुने बताएका छन् ।

रिटर्नी फेडेरेसन नेपालको प्रथम राष्ट्रिय महाधिवेसनमा अध्यक्ष ओलीले देशका लागि योगदान गर्न पहिलो चरणमा आफ्नो अवस्था सुधार गर्नु पर्ने बताए ।

ओलीको भनाइ छ– ‘मुलुक सुधारको सुरुवात नीजि जीवन सुधारबाट हुन्छ । पहिलो चरणमा आफ्नो अवस्था सुधार हुनु प¥यो । त्यसले उसको परिवार सुधार गर्छ । परिवार सुधार भएगाउँ सुधार हुन्छ । गाउँ सुधार हुँदा जिल्ला र जिल्ला सुधारबाट देश सुधार हुन्छ । म सुधार गर्दिन भनेर बस्दा आफैं सुधार हुँदैन । आफूले आफ्नो प्रवन्धन गर्न सके देशको आर्थिक उन्नति र गरीवि निवारणमा योगदान पुग्छ । आफ्ना लागि काम गरिएन भने देशका लागि छुट्टै काम हुँदैन ।’

अध्यक्ष ओलीले पदको पछि लागेर देश सुधार नहुने बताए । समस्याको समाधान गर्ने नीति–निर्माण गर्ने र कार्यन्वयन गर्न सक्ने नेतृत्व छान्न सक्नु अहिलेको आवश्यकता रहेको उनको भनाई थियो ।