कालीप्रसादको स्वरमा ‘जारी’ फिल्मको नयाँ गीत (भिडियो)

चैत १२, काठमाडौं – कवि तथा लेखक उपेन्द्र सुब्बा निर्देशित नयाँ फिल्म ‘जारी’ को पहिलो गीत चरी बस्यो सार्वजनिक भएको छ ।

शुक्रबार सार्वजनिक भएको ट्रेलरबाट सकारात्मक प्रतिक्रिया पाइरहेको निर्माण पक्षले शनिबार नयाँ गीत सार्वजनिक गरेको हो ।

यो लिरिकल गीतमा काली प्रसाद बास्कोटाको शब्द रचना, संगीत तथा स्वर रहेको छ । गीतको भिडियोमा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरबीचको नोकझोँकलाई प्रस्तुत गरिएको छ । आगामी वैशाख १ गतेदेखि प्रदर्शनमा आउने यो फिल्मको नयाँ गीतले दर्शकको मन जित्ने देखिन्छ ।

जारी प्रथामा आधारित रहेको फिल्ममा लिम्बु संस्कृति र भेषभुषा पनि झल्किन्छ । ‘कबड्डी ४’ पछि दयाहाङ र मिरुनाले ‘जारी’ मा सहकार्य गरेका हुन् ।

यो फिल्ममा रोयदीप श्रेष्ठ, रेखा लिम्बु, प्रेम सुब्बा, विजय बराल, अनिल सुब्बा, पुस्कर गुरुङ, कमलमणि नेपाल, उपसंग्बा नेम्बाङ, सीताकुमारी तुम्बापो, पन्थक ठुले लगायतका कलाकारको अभिनय छ ।

फिल्ममा उपेन्द्र सुब्बाको लेखन तथा सुरेश नियोङ लिम्बुको कन्सेप्टमा निर्माण भएको सिनेमामा झुमा लिम्बु र गंगा थापाको संगीत, शैलेन्द्र डी कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन छ । रामबाबु गुरुङ यो फिल्मका निर्माता हुन् ।

बाँसुरी फिल्मस्को प्रस्तुति र कबड्डी फिल्मस्को सहकार्य निर्माण भएको फिल्ममा शृजना निङलेकु, मनोरथ पोखरेल, अल्बिन लिम्बु, पीटर गुरुङ, देवयानी राई र क्षितिज लिम्बु सह–निर्माताको रुपमा रहेका छन् ।