कास्कीको सबैभन्दा ठूलो हाइड्रो पावर निर्माण सम्पन्न

चैत १२, कास्की  – कास्की मादी खोलामा निर्माण गरिएको ४४ मेघावाटको विद्युत उत्पादन गृह सुपरमादी जल विद्युत आयोजनाको निर्माण सम्पन्न भएको छ ।

हिजोदेखि राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । यो आयोजनाबाट उत्पादिन विद्युत पोखरा महानगर पालिकाको लेखनाथ सवस्टेशनमा जोडिएको छ।

निर्माण र परिक्षणका सम्पूर्ण काम सफलता पूर्वक सम्पन्न भएर शनिबारदेखि उत्पादित विद्युत राष्ट्रिय प्रसारण लाइनमा पठाइएको सुपरमादी हाइड्रो पावर लिमिटेडका अध्यक्ष पुष्पज्योति ढुङ्गानाले बताए । यो आयोजना कास्की जिल्लाको सबैभन्दा ठुलो विद्युत आयोजना हो भने नीजि क्षेत्रले उत्पादन गरेका मध्ये देशकै दोश्रो ठुलो आयोजना हो ।

मादी गाउँ पालिकाको वडा नं १ र २ अर्थात तत्कालिन ताङतिङ गाउँ पालिका यो आयोजनाको निर्माण स्थल हो । मादी खोलामा यसअघि नै ४ वटा हाइड्रो पावर निर्माण भैसकेका छन् । मादीको पाँचौँ विद्युत गृहका रुपमा निर्माण सम्पन्न भएको यो आयोजना मादी खोलामा बनेका मध्ये सबै भन्दा ठुलो हो ।

झण्डै साढे सात अर्व रुपैयमा निर्माण कार्य सम्पन्न गर्ने योजनासहति सुरु गरिएको आयोजना आयोजना सम्पन्न हुँदा भने १ अर्ब २० रुपैया जति लागत बढेको छ ।