म्यानचेस्टर सिटी एफ ए कपको सेमिफाइनलमा

चैत ५, एजेन्सी  – म्यानचेस्टर सिटी एफ ए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । सिटीले बर्नलीलाई ६–० गोलले हरायो ।

सिटीका फरवार्ड एर्लिङ हालान्डले ह्याट्रिक गोल गर्दा जुलियन अल्भारेजले दुई तथा कोल पाल्मेरले एक गोल थपे ।

यसअघि हालान्डले च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा जर्मन क्लब आरबी लाइप्जिगमाथि ७–० को जितमा ह्याट्रिकसहित ५ गोल गरेका थिए । हालान्ड च्याम्पियन्स लिगमा सबैभन्दा छिटो ३० गोल गर्ने र कान्छा खेलाडी समेत बनेका छन् ।

२२ वर्षीय हालान्डले यो सिजनका सबै प्रतियोगितामा गरी ४२ गोल गरिसकेका छन् । सिटीबाट एकै सिजनमा यति धेरै गोल गर्ने उनी एक्ला खेलाडी बनेका छन् ।