कालो अंगुर खानका फाइदाहरु

खानपानमा फलफूलको निकै त्यतिकै महत्व हुन्छ । त्यी मध्ये कालो अंगुर पनि एक हो । एक स्वादिष्ट फल अंगुरले मानिसको शरीरमा खानाको भन्दा बढी शक्ति प्रदान गर्दछ । विशेषगरी यो गर्मीको मौसमको लागि धेरै नै उपयोगी फल हो अंगुर । हल्का रातो र गाढा कालो रंगको अंगुरको स्वाद मिठो हुनुको साथै स्वास्थको लागि पनि धेरै नै फाइदाजनक हुन्छ ।

१. स्मरणशक्ति बढाउँछ
कालो अंगुरको नियमित सेवनले स्मरण शक्ति बढ्छ । कालो अंगुरले दिमागको कार्यक्षमता बढाउँछ ।

२. इन्सुलिन बढाउँछ
कालो अंगुरमा रेसवार्टल नामक पदार्थ पाइन्छ जसले इन्सुलिन बढाउने काम गर्छ ।

३. कोलेस्ट्रोल नियन्त्रण गर्छ
कालो अंगुरमा पाइने साइटोकेमिकल्सले मुटुलाई फाइदा पुर्याउँछ । यसले कोलेस्ट्रोल पनि नियन्त्रण गर्छ ।

४. कपाल समस्याबाट छुटकारा 
कपालसँग जोडिएका समस्याहरुबाट हैरान हुनुहुन्छ भने कालो अंगुर खाने गर्नुपर्छ । यसमा भिटामिन ईको मात्रा भरपुर हुने भएकाले यसले कपाललाई निकै फाइला पुर्याउँछ ।

५. तौल घटाउन
कालो अंगुर खाँदा तौल कम गर्न पनि मद्दत पुग्छ ।