ग्यासको मूल्य तत्काल नबढाउन प्रधानमन्त्रीको निर्देशन

फागुन १८, काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल मूल्य नबढाउन निर्देशन दिएका छन् ।

अन्तर्राष्ट्रिय बजारबाट खाना पकाउने एलपी ग्यासको मूल्य बढेर आए प्रधानमन्त्री प्रचण्डले तत्काल मूल्य नबढाउन निर्देशन दिएका हुन् ।

मङ्गलबारदेखि अन्तर्राष्ट्रिय बजारबाट एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ३३९।०६ ले बढेर आएको भन्दै नेपाल आयल निगमले मूल्य वृद्धि गर्ने तयारी थालेको थियो ।

आम उपभोक्ता र विद्यार्थीहरूको हितलाई ध्यानमा राख्दै तत्काल मूल्यवृद्धि नगर्न प्रधानमन्त्रीको निर्देशित गरेपश्चात् निगमले मूल्यवृद्धि नगर्ने निर्णय लिएको छ ।