अमेरिकामा आँधीले जनजीवन प्रभावित

फागुन १६, काठमाडौं – असिनापानी सहितको आँधीले अमेरिकाका क्यालिफोर्निया लगायत राज्यको जनजीवन प्रभावित भएको छ । खराब मौसमका क्यालिफोर्निया, ओक्लोहामा, टेक्सास, मिसौरी लगायत राज्यको जनजीवन प्रभावित भएको हो ।

बीबीसीका अनुसार हालसम्म कम्तिमा १२ जना घाइते भएका छन् ।

सबैभन्दा बढी क्यालिफोर्निया राज्य प्रभावित भएको छ । ठाउँ–ठाउँमा बाढी र डुबानको अवस्था छ । सम्भावित क्षतिलाई रोक्न स्थानीय सरकारले समुद्री किनार बन्द गराएका छन् ।