शोभितको जय हो मा निशा

फागुन १४, काठमाडौं – शोभित बस्नेत प्रस्तुतकर्ता रहने नयाँ नेपाली फिल्म ‘जय हो’ मा अभिनेत्री निशा अधिकारी अनुबन्धित भएकी छिन् ।

शुक्रबार बस्नेत र अधिकारीबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । निशा अभिनित पछिल्लो सिनेमा ‘म’ गत साउनमा प्रदर्शनमा आएको थियो । अधिकारीले हालै मात्र नयाँ फिल्म आँखा को छायांकन पूरा गरेकी छिन् ।

टेक पौरखी राईको निर्देशनमा बन्ने ‘जय हो’ मा यसअघि नै केकी अधिकारी, सलोन बस्नेत, अर्पण थापा र माओत्से गुरुङलगायतका कलाकार फाइनल भइसकेका छन् ।

फागुन २५ देखि फ्लोरमा जाने फिल्मको अधिकांश छायांकन मुस्ताङमा गरिने छ भने केही छायांकन पोखरामा गरिने छ ।