यू–१९ विश्वकप छनोट आज नेपाल र सिंगापुर भिड्दै

 

फागुन १२, काठमाडौं  – यू–१९ विश्वकपको एशिया छनोटका लागि आज नेपाल र सिंगापुर भिड्दै छन् । बुधवार साँझ युएई पुगेको नेपाली यू–१९ टोलीले आजको पहिलो खेल सिंगापुरसँग भिड्न लागेको हो ।

नेपाल क्रिकेट संघ ९क्यान० र राष्ट्रिय खेलकुद परिषद् ९राखेप० ले आइसिसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोट खेल्ने नेपाली क्रिकेट टोलीलाई बुधवार बिदाई गरेको थियो । क्यानका अनुसार दोस्रो खेल भने २५ फ्रेबुअरी अर्थात १३ फागुनमा कुवेतसँग हुनेछ भने कुबेतसँग खेल खेलेको एकदिन पछि लगतै नेपाली यु–१९ टोलीले २७ फ्रेबुअरी अर्थात १५ फागुनमा हङकङसँग खेल्नेछ ।

२८ फ्रेबुअरी अर्थात १६ फागुनमा मलेसियासँग खेल्ने नेपाली टोलीले दुई दिन विश्राम लिएर अन्तिम खेल भने २ मार्च अर्थात १८ फागुनमा युएईसँग खेल्ने क्यानले जनाएको छ । युएई र नेपाल प्रमुख दाबेदार टोली हुन् । उक्त खेलमा बिजेता एउटा टोलीले २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकप खेल्ने मौका पाउने छन ।

त्यसका लागि यू–१९ क्रिकेट टिमका प्रशिक्षक जगत टमाटाले देव खनाललाई कप्तान चयन गरेका थिए । यस अघिका कप्तान गुल्सन झा सम्हाल्दै आएको कप्तानी यूएईमा हुने अर्को खेल आईसीसी क्रिकेट विश्वकप लिग–२को श्रृङ्खलाका लागि सिनियर टिम मै रहने भएपछि देवलाई नयाँ जिम्मेवारी दिइएको हो ।

नेपाली यू–१९ टोलीः

देव खनाल ९कप्तान०, दीपेश कँडेल ९उपकप्तान० , आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा, उत्तम थापामगर ९विकेटकिपर० दीपक डुम्रे, हेमन्त धामी, दुर्गेश गुप्ता, दीपक बोहरा ९बि०, आकाश चन्द, सुवास भण्डारी, विशाल विक्रम केसी र मिलन बोहरा ।