कुलपतिद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

फागुन ४ , काठमाडौं  –नवनियुक्त तीनजना कुलपतिहरुले पद तथा गोपनीयताको शपथ ग्रहण । बिहीबार बिहान बालुबाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनियुक्त तीन जना कुलपतिहरुलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। यसरी शपथ ग्रहण गर्नुहरुमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति निशा शर्मा, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपतिमा नारदमणि हार्तम्छाली रहेका छन् । सो अवसरमा प्रधानमन्त्रीले उनिहरुलाई बधाइ तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।