डर्टमण्डले चेल्सीलाई हरायो

फागुन ४, एजेन्सी  -च्याम्पियन्स लिग फुटबलको राउण्ड अफ १६ अन्तर्गत पहिलो लेगमा प्रिमियर लिग क्लब चेल्सी पराजित भएको छ ।

बुधबार राति भएको खेलमा चेल्सीलाई जर्मन क्लब बोरुसिया डर्टमण्डले १(० गोल अन्तरले हराएको हो ।

घरेलु मैदानमा डर्टमण्डलाई जित दिलाउन करिम एडीएमीले निर्णायक गोल गरे ।

खेलको ६३ औं मिनेटमा करिमले डर्टमण्डको जितमा निर्णायक गोल गरेका हुन् ।

अब दुई टोलीबीचको दोस्रो लेग मार्च ७ मा चेल्सीको मैदानमा हुनेछ ।