गोल्डेन एथलेटिक्स मिट – सन्तोषीलाई स्वर्ण

माघ २३, काठमाडौं बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले गोल्डेन एथलेटिक्स मिट अन्तर्गत ५ हजार मिटर महिला दौडमा स्वर्ण पदक जितेकी छिन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार नेपाल पुलिस क्लबकी राममाया बुढालाई पछि पार्दै सन्तोषीले स्वर्ण जितेकी हुन् ।

सन्तोषीले निर्धारित दुरी १७ मिनेट ०७।९ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेकी हुन् ।

सन्तोषीले गण्डकी प्रदेशमा आयोजना भएको नवौं राष्ट्रिय खेलकुदमा समेत स्वर्ण जितेकी थिइन् ।

रजत जितेकी बुढाले १८ मिनेट ४४।३ सेकेन्डमा दौड पूरा गरिन् ।

पुलिस क्लबकै रेखा विष्टले १८ मिनेट ४५७ सेकेन्डको समय निकाल्दै कास्य पदक जितिन् ।