‘जय हो’ मा केकी अनुबन्धित

माघ २३, काठमाडौं – फिल्म ‘जय हो’ मा नायिका केकी अधिकारि अनुबन्धित भएकी छिन् । निर्देशक शोभित वस्नेत जन्मदिनको अवसर पारेर केकीलाई लिखित सम्झौता गरेर फिल्ममा अनुबन्धित गरेका हुन् ।

सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण हुने फिल्मलाई टेक पौरखी राईले निर्देशन गर्दैछन् ।एक्सन लभ स्टोरी जनराको फिल्ममा राज के अधिकारी र सुरज सरकार निर्माताको रुपमा रहेका छन् ।

फिल्ममा सुरेश न्यौपानेको कथा, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत र सौरभ लामाको छाँयाकन रहनेछ ।फिल्मको छायाँकन काठमान्डौ, पोखरा, मुस्ताङ्ग लगायतका स्थानमा हुनेछ ।