शहीदका सपना पूरा गर्न संकल्प गरौँ – प्रधानमन्त्री दाहाल

माघ १६, काठमाडौं –  प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय लोकतान्त्रिक गणतन्त्र शहीदहरूको त्याग र बलिदानबाटै सम्भव रहेको बताएका छन्।

सोमबार शहीद दिवसको अवसरमा लैनचौरस्थित शहीद स्मृति पार्कमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले शहीदहरूले जीवित मानिसलाई निरन्तर प्रेरणा दिइरहने बताए। देशको र जनताको निम्ति, प्रगति र समृद्धिको आफ्नो प्राण दिने शहीदहरु अमर र अजर रहने प्रधानमन्त्री दाहालको भनाइ छ।

उनले भने, ‘हामी संघीय लोकतान्त्रिक गणतन्त्रको जुन रूपमा अभ्यास गरिरहेका छाँ। यसको पछाडि महान शहीदहरूको त्याग र बलिदान नै प्रमुख रहेको छ। देशको र जनताको निम्ति, प्रगति र समृद्धिको आफ्नो प्राण दिने शहीदहरू अमर, अजर हुन्छन्। उनीहरूले जीवित मानिसलाई निरन्तर प्रेरणा दिइरहेका हुन्छन्।

स्मरणको अर्थ फगत एउटा औपचारिक समारोहमा मात्रै छैन, महान शहीदहरूका सपना, राष्ट्रको प्रतिष्ठा, जनताको प्रगति सबैको निम्ति समर्पित भएर काम गर्ने संकल्प लिने दिन पनि हो। म यही संकल्पको निम्ति सबैसँग अपिल गर्दछु।’

प्रधानमन्त्री दाहालले आज माघ १६ गते शहीद दिवसको अवसरमा शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शहीदहरुको शालिकमा माल्यार्पण समेत गरे।